Radio Golden Live..

सेयर बजारको समस्या समाधान हुन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं ।  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अर्थमन्त्रालयले गठन गरेको कार्यदलका सुझावका आधारमा सेयर बजारको समस्या समाधान गर्ने बताएका छन् । प्रतिनिधिसभाको अर्थसमितिमा बोल्दै मन्त्री खतिवडाले अहिले कार्यदलले काम गरिरहेको र आउने सुझावका आधारमा पूँजी बजार र वित्त बजारका विषयमा देखिएका समस्या समाधानका लागि काम गर्ने बताए ।  उनले अहिले सेयर बजार घट्नुपर्ने कुनै कारण समेत नभएको बताए । अहिले लगानी क्षेत्रको विस्तार भएकाले त्यसको प्रभाव शेयर बजारमा देखिएको हुन सक्ने दाबी गरे । उनले यसको समस्या समाधानका लागि संमिति गठन गरेर सुझाव दिन पनि अर्थसमितिलाई आग्रह समेत गरेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]