Radio Golden Live..

लागू औषध तस्कर पक्राउ

काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वेलुन बेच्न भनेर हिँड्ने तर लागू औषध कारोबारमा संलग्न भएको  भेटिएको छ । भारतबाट काठमाडौं आएर देखिनेगरी राजधानीका विभिन्न ठाउँमा बेलुन बेच्ने व्यक्ति लागू औषधसहित पक्राउ परेका छन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले बेलुन बेच्ने भारतीय नागरिकलाई ठूलो परिमाणको लागू औषधसहित पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ललितपुरको मंगलबजारबाट मोहम्मद तुफानलाई पक्राउ गरेको थियो । भारतको सितामढी घर भएका तुफान राजधानीका विभिन्न ठाउँमा वेलुन बेच्दै आएका थिए । विशेष सूचनाका आधारमा पक्राउ परेका तुफानको साथबाट प्रहरीले २ सय एम्पुल डाइजेल्याब, बुप्रिनुफिन, फेनारगन तथा ३ हजार पिस नाइट्रोजोपाम नामक लागू औषध बरामद गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौंको बल्खुबाट परेका सुवास सहानीबाट डाइजेल्याब २ सय एम्पुल, बुप्रिनुफिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल बरामद गरेको थियो । पर्साको पकाह मैनपुर घर भएका सहानीमाथि थप अनुसन्धान गर्दा लागू औषधको कारोबारमा अन्य २ जनाको नाम समेत खुलेको थियो । प्रहरीले सहानीकै वयानका आधारमा बाराको सिम्रौनगढ घर भएकी २४ वर्षीया पुनम कुमारी सहनी, पर्साको पकाह मैनपुर घर भएका २० वर्षी नरेश सहनीलाई पक्राउ गरेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]