Radio Golden Live..

संवैधानिक परिषदको बैठक स्थगित,पुस ५ गते बस्ने

काठमाडौं । प्रधानन्यायाधीशको सिफारिस गर्न बसेको संबैधानिक परिषदको बैठक कुनै निर्णय नगरी स्थगित भएको छ । बैठक पुस ५ गते बस्नेगरी स्थगित भएको हो ।  बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ । संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अवकास पाउने भएकाले त्यसअघि नै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।  यसअघि शनिबारलाई बोलाइएको परिषद बैठक स्थगित भएको थियो । प्रधानन्यायाधीशका लागि चोलेन्द्र शम्शेरण राणा र दीपक राज जोशीमध्ये एकलाई परिषदले सिफारिस गर्नुपर्ने छ । जोशीलाई संवैधानिक परिषदले सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थिएन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]