Radio Golden Live..

योगी आदित्‍यनाथ फर्किए लखनऊ

जनकपुर ।  विवाहपञ्‍चमी महामहोत्सवमा सहभागी हुन जनकपुरधाम आएका भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्‍यनाथ करिब पाँच घण्टाभन्दा बढी समय जनकपुरमा  बिताएर स्वदेश फर्किएका छन्। निजी विमान मार्फत जनकपुर आएका आदित्यनाथले समकक्षी लालबाबु राउतसँग जनकपुर अयोध्याको सम्बन्ध सुमधुर रहेको बताएका थिए । योगीले जानकी मन्दिरमा पूजाआजा, दिवाभोज र ऐतिहासिक रंगभूमि बाह्रबिघामा भएको रामसीताको स्‍वयंवर समारोहमा भाग लिएका थिए। उनीसँगै भारतबाट जन्ती आएका साधुसन्त पनि स्वयंवरमा सहभागी भएका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]