Radio Golden Live..

भारतीय कमेडियन कपिल शर्मामा आज विवाह

काठमाडौं । भारतका चर्चित कमेडियन कपिल शर्मा आज डिसेम्बर १२ मा विवाह गरिरहेका छन् । कपिल उनकी प्रेमीका गिन्नी चतरथका साथ भारतको पञ्जाबमा लगनगाँठो कस्दैछन् । विवाहका लागि कपिल शर्माका साथीहरु तथा हास्यकलाकार कृष्णा अभिषेक, सुमोना चक्रवर्ती, राजीव ठाकुर र गायिका ऋचा शर्मालगायत ‘द कपिल शर्मा शो’का सम्पूर्ण सदस्य पञ्जाब पुगेका छन ।यसअघि दीपिका पादुकोण र रणवीर सिंह तथा प्रियंका चोपडा र निक जोनसकै शैलीमा कपिल र गिन्नीले पनि २ वटा परम्परा अनुसार विवाह गर्ने भएका छन् । बुधबार हिन्दू परम्पराअनुसार विवाह हुनेछ भने १३ डिसेम्बरमा शिख परम्परामा विवाह हुनेछ । आजको विवाह गिन्नीको घर जालन्धरमा हुनेछ । यसपश्चात भोलि कपिलको घर अमृतसरमा विवाह हुनेछ । विवाहपछि कपिल शर्माले आफ्नो घर अमृतसरमा डिसेम्बर १४ मा रिसेप्सन पार्टीको आयोजना गर्ने भएका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]