Radio Golden Live..

‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा एनआरटी पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आजदेखि शुरु भएको आठौँ चरणको पहिलो खेल(एनआरटी) लाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफमा सरस्वतीले निर्णायक गोल ग¥यो । खेलको ७३ औँ मिनेटमा सरस्वतीका भिक्टोर एमओबीले पेनाल्टीमार्फत विजयी गोल गर्दै सरस्वतीलाई शीर्ष तीन अङ्क दिलाए । खेलको ७२ औँ मिनेटमा एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच घोषित भए । जारी लिगमा तेस्रो जित दर्ता गराएको सरस्वती नौ अङ्कका साथ अङ्क तालिकाको नवौँ स्थानमा छ । त्यस्तै लगातार साता्रै हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ ।त्यसैगरी मनाङले शत प्रतिशत नतिजा निकाल्दै तालिकाको शीर्ष स्थानमा छ भने थ्रीस्टार दोस्रो तथा सङ्कटा तेस्रो स्थानमा छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]