Radio Golden Live..

अछामकोमा चट्याङ लागेर ३ विद्यार्थी घाइते

अछाम । अछामको कमलबजार नगरपालिका ७ सेराको पद्मासना आधारभूत विद्यालयमा चट्याङ पर्दा तीन विद्यार्थी घाइते भएका छन् ।
चट्याङ पर्दा कक्षा ८ की छात्रा बसन्ती भण्डारी गम्भीर घाइते भएकी छन् भने अन्य घाइतेमा कक्षा ४ का धिरज भण्डारी र कक्षा ३ की लक्ष्मी ण्डारी रहेका विद्यालयका प्रधानाध्यापक पदमराज जैसीले बताए । ।तीमध्ये बसन्तीको शरीरका विभिन्न ठाउँमा जलेको दाग छ भने अन्य दुईको अवस्था सामान्य छ । विद्यालयमा सञ्चालन भैरहेको अर्ध(वार्षिक परीक्षा सकेर निस्किँदै गरेको बेला बिहीबार मध्यान्ह चट्याङ परेको थियो ।घाइतेको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]