Radio Golden Live..

सरकारविरुद्ध आन्दोलन गर्ने नेकपा (माओवादी केन्द्र) को निर्णय

काठमाडौं । गोपाल किराती नेतृत्वको नेकपा ९माओवादी केन्द्र० सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ ।  पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो ।आज काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीले धर्म निरपेक्ष गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलनमा होमिन आह्वान गर्नु परेको बताए । उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।
पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने तयारी पनि गरेको छ । अध्यक्ष किरातीले महाधिवेशनको तयारीका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]