Radio Golden Live..

पत्रकारहरुलाई सही समाचार लेख्न सभामुख महराको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पत्रकारहरुलाई सही समाचार लेख्न आग्रह गरेका छन् । सभामुख महराले पत्रकारहरुमाथि सधैं प्रतिपक्षको जस्तो व्यवहार गर्ने गरेको आरोप लाग्ने गरेको उल्लेख गर्दै सरकार र संघीय संसदको काममा सहयोगी बन्न पनि आग्रह गरे । आज काठमाडौंमा आयोजित संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले रचनात्मक प्रतिपक्षीय भूमिकामा आउन पनि पत्रकारहरुको ध्यानाकर्षण गराएका हुन्  । उनले संसदीय मामिला पत्रकारहरुको आवश्यकतालाई आफूले नजिकबाट महसुस गरेको उल्लेख गर्दै सम्बोधन गर्ने आ आश्वासन दिए । सभामुख महराले संघीय संसदको हिउँदे अधिवेशनले संघ, प्रदेश र स्थानीय तहमा देखिएको कानुनसम्बन्धी सबै समस्या समाधान गर्ने विश्वास पनि व्यक्त गरे ।

 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]