Radio Golden Live..

राष्ट्र प्रमुखका रूपमा राजा ल्याऔँ : अध्यक्ष थापा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई राजसंस्थाको आवश्यक्ता महसुस हुन थालेको बताएका छन्। सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले गणतन्त्रमा खोट रहेको भन्दै राजसंस्थाको आवश्यकता सुरु भएको बताएका हुन्।

बिगतको  जस्तो निरंकुश राजतन्त्र नभइ परवर्तनकारी शक्तिलाई पनि चित्त बुझ्नेगरि राज संस्थाका लागि आफूहरु लागिरहेको उनले बताए। सरकारबाट जनताले अपेक्षा गरेका कुराहरु नपाउँदा राजसंस्था प्रति माहोल बन्दै गइरहेको उनले बताए।

अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयता सहितको विपक्षमा रहेको स्पष्ट पारेका छन्। यस्तो अवस्थामा सविंधान कार्यान्वयबाट मुलकलाई कम क्षति हुन दिने आफूहरुको रणनीति रहेको उनले बताए। प्रदेश स्तरिय प्रशिक्षण तथा सम्मेलन उद्घाटन गर्न थापा हिजो धनगढी पुगेका हुन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]