Radio Golden Live..

फिफा बरियतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले बिहिबार राती सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थानमाथि उक्लिएको हो । नेपाल बरियतामा एक सय ६१ औं स्थानमा छ । अघिल्लो महिना एक सय ६२औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत र माल्दिभ्स छन् । भारत समग्रमा ९७ औं स्थानमा यथावत छ । माल्दिभ्स एक सय ५२ औं स्थानमा छ । यसैगरी भुटान एक सय ८६ औं, बंगलादेश एक सय ९२ औं, पाकिस्तान एक सय ९९आंै र श्रीलंका दुई सय एक स्थानमा छ ।विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो र ईङ्ल्यान्ड पाँचौ स्थानमा छ । पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]