Radio Golden Live..

दाङमा बस दुर्घटना, ९ जनाको मृत्यु

 दाङ । दाङमा  दिउसो बस दुर्घटना भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ राम्री नजिक सडकबाट बस खसेको छ।दुर्घटनामा कम्तिमा ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये ८ जना पुरुष र एक जना महिला रहेको प्रहरीले जनाएको छ।सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गर्दा बा४ख ९७६६ नम्बरको शिक्षक तथा विद्यार्थी चढेको बस दुर्घटना भएको हो।  बसमा ९ जना महिला र २१ जना पुरुष रहेको कपुरकोट प्रहरीले जनाएको छ। यद्यपि, दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन। यसअघि, पूर्वपश्चिम राजमार्गको दाङ सडकखण्डमा यात्रु बस दुर्घटना भएको छ। नेपालगञ्जबाट घोराही जाँदै गरेको ना७ख ९४०८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर–८ सतबरियामा दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको अवस्था सामान्य रहेको र लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।दुर्घटनाका विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको अनुमान छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]