Radio Golden Live..

हिउँदे अधिवेशनको तयारी पूरा

काठमाडौं । संसद् सचिवालयले सङ्घीय संसद् ९प्रतिनिधिसभा र राष्ट्रियसभा०को आगामी  हिउँदे अधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ।नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते बुधबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिसकेको सन्दर्भमा सचिवालयले हिउँदे अधिवेशनको तयारी पूरा गरेको हो।
अधिवेशन सञ्चालनका लागि आवश्यक पर्ने माइकलगायतका सम्पूर्ण उपकरण चुस्त र व्यवस्थित पाइएको सचिवालयका सचिव डा।भरतराज गौतमले जानकारी दिए।संसद्को आफ्नो भवनको अभावमा सचिवालयले विगत १० वर्षदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद्को अधिवेशन सञ्चालन गर्दै आएको छ। सचिवालयले प्रत्येक अधिवेशन सुरु गर्नुअघि संसद् भवन र त्यहाँ जडान भएका उपकरणको मर्मत सुधार गर्दै आएको छ।हिउँदे अधिवेशनको रुपमा रहेको यो अधिवेशनले खासगरी संघ, प्रदेश र स्थानीय तहबीचको साझा सूचिका रुपमा रहेका विषयवस्तुको सम्बोधन गर्ने तथा संविधानसँग बाँझिने पुराना कानूनलाई संविधानसम्मत तुल्याउने गरी कानून निर्माण गर्नेछ।उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, महासचिव मनोहरप्रसाद भट्टराईलगायतले नयाँबानेश्वरस्थित सङ्घीय संसद्का दुवै सदन सञ्चालन हुने सभाहलको आज निरीक्षण गरेका थिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]