Radio Golden Live..

अध्यक्ष ओली व्यस्त : नेकपा बैठक स्थगित

काठमाडौं ।  प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताले नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को स्थायी कमिटीको बैठक स्थगित भएको हो ।  आज ४ बजेका लागि पार्टी कार्यालय धुम्बराहीमा बोलाइएको बैठक प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री ओली सरकारी वकीलहरूको सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी भएकाले स्थायी कमिटी बैठकमा सहभागी हुन नसकेका हुन्। नेकपा स्थायी कमिटी बैठक पुस ११ गतेका लागि बोएइएको छ।  दिन बिहान ८ बजे बैठक बोलाइएको छ।

आगामी बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]