Radio Golden Live..

वर्तमन सरकार ७ महिना पनि टिक्दैन प्रकाण्ड

रुपन्देही  ।  नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले ओली नेतृत्वको वर्तमान सरकार अबको ७ महिना पनि नटिक्ने बताएका छन् ।  क्रान्तीकारी पत्रकार संगठन केन्द्रीय समितिले आज बुटवलमा आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नै पार्टिका नेताहरुलाई मिलाउन असफल भएको ओली नेतृत्वको सरकार ६  ७ महिना पनि टिक्न गाह्हो भएको बताएका हुन् । सडकमा छँदा राष्ट्रियता र स्वाधिनताको कुरा गर्ने ओली प्रधानमन्त्री भएपछि भारत सामू लम्पसार परेको आरोप लगाए । ‘कांग्रेस नेतृत्वको सरकारले करोडको अंकमा भष्टाचार गरेको थियो तर अहिलेको सरकारले भने अरबको अंकमा भ्रष्टाचार गरिरहेको छ’ उनले भने  देशलाई समृद्धिको बाटोमा लैजान ओली र प्रचण्ड सँगसँगै असफल भएको उनको भनाई छ । उत्साह र अपेक्षासहित गठन भएको सरकारले निराशा र अराजकता मात्रै फैलाएको उनको भनाई छ । संघीयतामा प्रदेश सरकार केन्द्र सरकारसँग कटौरा थापेर बस्नुपर्ने विडम्वनापूर्ण अवस्था रहेको प्रवक्ता प्रकाण्डले बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]