Radio Golden Live..

गोरखाको चुमनुब्री जंगलमा आगलागी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–१ को जङ्गलमा  आइतबार रातिदेखि भीषण आगलागी भएको छ। सामागाउँको मनासलु बेसक्याम्प जाने बाटोमा पर्ने जङ्गलमा राति करीब १ बजेदेखि शुरु भएको आगलागी अहिलेसम्म निभाउन नेपाल प्रहरी र स्थानीयवासी लागेपनि नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए।
पर्यटक लिएर मनासलु बेसक्याम्पतर्फ गएको गाइडले खाएर फालेको चुरोटको ठुटोबाट आगलागी शुरु भएको हुनसक्ने वडाध्यक्ष वीरबहादुर लामाले बताए। ु आगलागी नियन्त्रणका लागि सामागाउँ प्रहरीचौकी, लार्केस्थित प्रहरीचौकीबाट थप प्रहरी घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण प्राप्त हुन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]