Radio Golden Live..

ए डिभिजन हिमालयन शेर्पा ४–० गोल विजयी

काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको एघाराँै चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले एक एक गोल थपे । उक्त चारै गोल खेलको दोस्रो हाफमा भएको थियो ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरेको थियो । खेलको ४६ औँ मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई शुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ५४ औँ मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो । त्यसैगरी खेलको ६१ औँ र ८० औँ मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल थपे । यता पराजित ब्रिगेड व्वाइजका लागि वर्तमान राईले खेलको ८७ औँ मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए । खेलमा म्यान अफ द म्याच हिमालयन शेर्पाका कप्तान मानबाहदुर तामाङ घोािषत भए । जितसँगै १७ अङ्क जोडेको हिमालयन शेर्पा तालिकाको पांचौँ स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड व्वाइज छ अङ्कसहित बाह्राँै स्थानमा छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]