Radio Golden Live..

आगलागीबाट रु १० लाखभन्दा बढी क्षति

भोजपुर । भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।
यसैबीच गाउँपालिकाका उपप्रमुख सम्झना राई र प्रमुख प्रशासकीय अधिकृत शालिकराम भट्टराईले गाउँपालिकाका तर्फबाट आगलागी पीडित पौडेललाई राहतस्वरुप रु १० हजारको चेक आज हस्तान्तरण गरे।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]