Radio Golden Live..

शिक्षकको कुटाइबाट विद्यार्थीको मृत्यु

 काठमाडौं । शिक्षकको कुटाइबाट एक विद्यार्थीको मृत्यु भएको छ।  बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित नमुना निम्न माध्यमिक विद्यालयमा अधयनरत विद्यार्थीको मृत्यु भएको छ । शिक्षकको कुटाइबाट कलैया उपमहानगरपालिका वडा नम्बर १ का वीरेन्द्र महतोका १४ वर्षीय छोरा अजय मण्डलको मृत्यु भएको हो। उनी कक्षा ७ मा अध्ययनरत थिए।उनलाई विद्यालयका शिक्षक सोनालाल प्रसाद यादवले विद्यालयमा सोमवार दिउसो कुटपिट गरेका थिए। जिल्ला सरकारी अस्पताल कलैयामा उपचारको क्रममा मण्डलको उपचारको क्रममा मृत्यु भएको हो।
उनलाई सोही विद्यालयका शिक्षक सोनालाल प्रसाद यादवले विद्यालयमा सोमवार दिउसो कुटपिट गरेका थिए। जिल्ला सरकारी अस्पताल कलैयामा उपचारको क्रममा विद्यार्थीको मृत्यु भएको हो। विद्यालयमा छात्रा जिस्क्याएको आरोपमा शिक्षक यादवले विद्यार्थीलाई कुटपिट गरेको सो विद्यालयका विद्यार्थीहरुले बताएका छन्। विद्यालयबाट निकाल्दिएपछि विद्यार्थी मण्डल घर गएका थिए। घर गएपछि उनको आमाले बेहोस अवस्थामा लडिरहेको देखेपछि उपचारको लागि तत्काल जिल्ला अस्पताल कलैयमा पुर्‍याएकी थिइन्।

अस्पतालमा पुर्याएपछि उपचारको क्रममा विद्यार्थीको मृत्यु भएको उनकी आमा कोसिला देवीले मण्डलले बताइन्। छोरा घरबाट विहान खाना खाएर राम्रो अवस्थामा विद्यालयमा गएको बताइन्। आमा घरीघरी बेहोस भइरहेकी छिन्। शवको पोस्टमार्टम भई आफन्तजनले शव बुझेका छन्। पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण खुलेको छैन्। भिसेरा जाँचपछि स्पस्ट हुने अस्पतालमा पोस्टमार्टममा संलग्न चिकित्सकले बताएका छन्। विद्यार्थी कुटेका शिक्षक यादव चने फरार भएका छन्। फरार शिक्षकको खोजतलास जारी रहेको तथा घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक सानुराम भट्टराईले जानकारी दिए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]