Radio Golden Live..

सरकारले निर्मला प्रकारणलाई ढाकछोप गर्न खोजेको कांग्रेस सचेतक भुसालको आरोप

काठमाडौं ।   बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी निर्मला पन्तका दोषीलाई ढाकछोप गर्न खोजेको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताएकी छन्। निर्मला बलात्कार र हत्या प्रकरणलाई राज्यले नै ढाकछोप गर्न खोजेको उनले आरोप लगाइन्। प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा सचेतक भुसालले सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संसदमा नै भनेको र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि बेलाबेला अनुसन्धानमा प्रहरी चुकेको भन्ने अभिव्यक्ति दिएको भन्दै त्यो चुक के थियो भनेर प्रश्न गरिन्। उनले भनिन्, ुकसको आदेशमा निर्मलाका बलात्कारी र हत्याराको प्रमाण सुरक्षाकर्मीले नष्ट गरेका हुन्रु सरकारले जानकारी दिनुपर्‍यो।ु भुसालले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले एक कार्यक्रममा निर्मला हत्यामा संलग्न पक्राउ परिसकेको भन्दै दिएको अभिव्यक्ति कुन आधारमा थियो भनेर प्रश्न गरेकी थिइन्। भुसालले निर्मला हत्यामा संलग्न भनेर पक्राउ परेका विशाल चौधरी र प्रदीप रावललाई यातना दिएको दाबी गरेकी छन्। उनले यातना दिएर अपराध स्वीकार गराउन प्रहरीले भूमिका खेलेको र त्यो मानवअधिकार उलंघन भएको बताइन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]