Radio Golden Live..

कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती मनाईँदै

काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १३५ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी आज मनाईँदैछ । कविशिरोमणि पौड्यालको जन्म भएको दिनको सम्झनामा हरेक वर्ष पुस १५ मा उनको स्मृतिमा विविध कार्यक्रम हुने गरेका छन् । विसं १९४१ को पुस १५ मा कास्कीको पोखरा लेखनाथ महानगरपालिकाको अर्घौँ अर्चेलमा जन्मिएका कविशिरोमणिको जन्मजयन्तीको अवसरमा आज उनको जन्मथलोमा विशेष कार्यक्रम हुँदैछ ।

कविशिरोमणिका ऋतुविचार, तरुण तपसी, गंगा गौरीसहितका महाकाव्य, लालित्य कविता संग्रह, नाटक तथा प्रश्नोत्तरसहितका खण्डकाव्य र कविताहरु प्रकाशित छन् । यो वर्ष साहित्यकार डा. सनतकुमार वस्तीको सम्पादनमा कविशिरोमणिका रचनाहरुको समग्र संग्रह कविशिरोमणि रचनावली प्रकाशित भएको छ । नेपालयले प्रकाशन गरेको संग्रहमा कविशिरोमणिका २१ वटा कृतिका रचनाहरु संग्रहित रहेको डा. वस्तीले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]