Radio Golden Live..

युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने टोलीको घोषणा

 काठमाडौं । युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ ।छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह ऐरी रहेका छन् । त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।
युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ । नेपालले पहिलो एक दिवसीय खेल जनवरी २५ तारिखमा खेल्नेछ । त्यस्तै, २६ तारिखमा दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने नेपालले सिरिजको अन्तिम खेल जनवरी २८ तारिखमा खेल्नेछ । एक दिवसीय सिरिज खेलिसकेपछि नेपालले टी(ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । नेपालले आफ्नो पहिलो टी(ट्वान्टी खेल जनवरी ३१ मा खेल्ने छ । त्यस्तै, दोस्रो फेब्रअरी एक र तीन फेब्रुअरीमा तेस्रो तथा अन्तिम टी(ट्वान्टी खेल खेल्नेछ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]