Radio Golden Live..

डोजर चालक नै इन्जिनियर बने सांसदहरु

काठमाडौं ।  सांसदहरुले अध्ययन विना नै सडक विस्तार र सवारी सञ्चालनको अनुमति दिँदा सवारी दुर्घटना बढेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।  सिहंदरबारमा सोमबार बसेको विकास समितिको बैठकमा समिति सदस्यहरुले विकासको नाममा अध्ययन विना नै सडक विस्तार गर्नाले दूर्घटनाको समस्या निम्तिएको बताएका हुन् ।

ग्रामिण क्षेत्रमा जथाभावी सडक विस्तारको काम भईरहेको भन्दै उनीहरुले डोजर चालक  नै इन्जिनियर बन्नु दुखद भएको गुनासो गरे ।  समिति सदस्य गणेश पहाडीले प्राविधिक मापदण्डविना सडक निर्माण हुनु नै दुर्घटनाको मुख्य कारक रहेको भन्दै प्रविधि र मापदण्डविना सडक निर्माण गर्ने कार्यलाई दण्डनीय बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरे । उनले सडक सुरक्षा अडिट गर्न माग समेत गरे ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]