Radio Golden Live..

सरकारले चाहे छिट्टै निर्मला पन्तको हत्यारा पत्ता लाग्छ : कांग्रेस प्रवक्ता शर्मा

कञ्चनपुर । प्रधानमन्त्रीले चाहे खण्डमा  निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । निर्मलाको घरमा पुगेर निर्मलाकी आमासँगको भेटमा शर्माले सरकारले चाहे हत्यारा चाडैँ पत्ता लाग्ने  बताएका हुन् ।  उनले घटनाका बारेमा प्रधानमन्त्री र गृहमन्त्रीलाई सबै कुरा थाहा भएको बताउँदै प्रधानमन्त्रीले सिंहदबारमा बसेर आफूलाई म पनि छोरीको बाबु हुँ भन्ने सोचे निर्मलाको हत्यारा चाँडै पत्ता लाग्ने बताए ।   उनले सरकारले पूँजीवादको कारण घटना भएको बताउनु गैर जिम्मेवार रहेको  आरोप लगाएका छन् । कांग्रेसले प्रतिपक्ष मात्र नभई मानवताको नाताले पनि निर्मलाको घटनामा आवाज उठाउँदै आएको उनले बताए । उनले दोषि पत्ता लगाउन सरकारलाई प्रतिपक्षको साथ आवश्यक परे आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै हत्यारा पत्ता लगाउन सरकार गम्भीर नबने कांग्रेसले देशै ठप्प हुने गरी विरोधका कार्यक्रम ल्याउने चेतावनीसमेत  दिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]