डडेल्धुरा । चट्याङ लागेर डडेल्धुरामा आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका ३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्। आज बिहान १० बजेतिर घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए। यस्तै आलिताल गाउँपालिकाकै वडा नं ५ भित्रीसैनमा पनि चट्याङ लागेर दुईजना घाइते भएका छन्। घाइते हुनेमा मानबहादुर विष्ट र गोमति विष्ट रहेका छन्। दुबै जनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।