काठमाडौं । भाइरल ज्वरोका कारण खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन। रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर हिजो राति ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन्। मन्त्री मगरको अहिले उपचार जारी छ रहेको मन्त्री मगरको सचिवालयले जानकारी दिएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ।