Radio Golden Live..

चट्याङ लाग्दा एकै घरका ६ जना घाइते

मुसिकोट  । रुकुम  पश्चिममा आज बिहान चट्याङ लाग्दा ६ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका ३ माछिमिस्थित जीतबहादुर ओलीको घरमा चट्याङ लाग्दा ६ जना घाइते भएका हुन्।चट्याङ लागेर चार बालबालिका र दुई महिला घाइते भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीका अनुसार चट्याङ लागेर जीतबहादुरका २८ वर्षीया श्रीमती कमला खड्का ओली, उनका ११ वर्षीय छोरा चिन्तन र सात वर्षीय छोरा मनन घाइते भएका छन्। त्यस्तै जीतबहादुरका भाइबुहारी २५ वर्षीया समिति ओली, ९ वर्षीया छोरी दुर्गा र सात वर्षीय छोरा दिपेश घाइते भएका छन् । चट्याङ लागेका घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । चट्याङ लाग्दा जीतबहादुरको चार कोठे घरको तीनकोठा पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]