Radio Golden Live..

हिमपातका कारण विद्युत् र सञ्चार सेवा बन्द

म्याग्दी  । हिमपातका कारण विद्युत् प्रसारण तथा वितरण लाइनमा क्षति पुगेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिजुली र टेलिफोन अवरुद्ध भएको छ। हिमपातले गाउँपालिकामा जोडिएको केन्द्रीय प्रसारण लाइन र स्थानीय तातोपानी साना जलविद्युत् आयोजनाको विद्युत लाइनमा क्षति पुर्‍याएको छ। गाउँपालिकाका विभिन्न स्थानमा हिउँ जमेर विद्युतका पोल, ट्रान्समिटर पल्टिनुका साथै तार समेत चुँडिएका कारण गाउँपालिकाको प्रायस् सबैजसो बस्तीमा विद्युत् सेवा अवरुद्ध बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेलले बताए। विद्युत सेवा अवरुद्ध हुँदा सञ्चार सेवासमेत बन्द भएको छ। नेपाल टेलिकमको रिपिटर टावर रहेका ठाउँमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा समेत प्रभावित बनेको पौडेलको भनाइ छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]