काठमाडौं । नेपाली कांग्रेसले आजको संसद बैठक पनि अवरोध गर्ने भएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनको वातावरण नबनेको बताए । ‘सरकार संवेदनशील भएन गम्भीर भएन भने आजको बैठक पनि अगाडि बढाउन सक्ने अवस्था हुन्न, हाम्रो तर्फबाट अवरुद्ध गर्छौ’ उनले भने । आज बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।