Radio Golden Live..

केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं । कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध पारेको छ । सांसद मिनेन्द्र रिजालले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने उद्घोष गरेलगत्तै कांग्रेस सांसदहरु उभिएका छन् । सभामुखले बस्न आग्रह गरेका छन् । तर कांग्रेस सांसदले सभामुखको आग्रह मानेका छैनन । कांग्रेस सांसद रिजालले कांग्रेस नचिन्ने सरकार अब पतनको बाटोमा लागेको उनले चेतावनी दिए । हिजोका दिनमा कांग्रेस चिन्दैन भन्ने राणा र राजाहरुलाई कांग्रेसले फालेको उनले  बताए । ‘प्रधानमन्त्री जी सरकार कसरी चलिरहेको छ जनतालाई थाहा छ सबैलाई थाहा छ तपाईँ आफै दंग पर्ने रु आफ्नो रुप हेरेर आफै दंग पर्ने रु’ उनले प्रश्न गरेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]