Radio Golden Live..

प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम अनुमोदन

 काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि चालेन्द्र शमशेर जबराको नाम अनुमोदन भएको छ। प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि शमशेर प्रधानन्यायाधीश बन्ने पक्का भएको हो। समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा जबराको नाम अनुमोदन गरेको हो। समिति सभापति लक्ष्मणलाल कर्णले प्रधानन्यायाधीशमा संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको बताए। यसअघि आइतबार पनि प्रधानन्यायाधीशमा सिफारिस जबराको सुनुवाइ भएको थियो। आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ जबराले दिएका थिए। सांसदहरूले उठाएका विगतमा गरेका फैसलामा आधारित प्रश्नमा जबराले कानुन बमोजिम गरेको र कानुन बाहिर गएर कुनै पनि काम नगरेको बताए।  उनले प्रधानन्यायाधीश भएपछि अदालत र पदको गरिमा राख्ने प्रतिबद्धता जनाए। जबराले आफू न्यायालयको मुहारमा कालो पोतेर र आफ्नो अनुहार हातले कोतरेर रक्ताम्य पारेर बाहिरिने मनशायमा नरहेको बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]