Radio Golden Live..

आमाको किरिया गर्दै दुई छोरी

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरकी तारा बिकको निधन पछि आमाको किरिया बसेकी छोरीहरु । तस्बिरस् रासस
लमही – छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका ११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेकी हुन् ।

छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा विकको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन्, किरिया पनि छोरीहरूले नै गरेका छन् ।

आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । जेठी छोरी आरधनाले दाङ देउखुरीको राप्ती प्राविधिक शिक्षालय लालमटियामा छात्रवृत्ति कोटामा सिएमए पढ्दैछन् । त्यस्तै माइली सदीक्षाले अमर मावि उरहरीमा कक्षा ८ र कान्छी छोरी प्रतीक्षाले दिव्यज्योति बोर्डिङ स्कूल तुलसीपुरमा कक्षा ५ मा अध्ययन गर्दै आएकी छन् ।

श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि ताराको निधन भएको हो । दमका कारण उनको मृत्यु भएको हो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताइन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]