Radio Golden Live..

यौनधन्दा चलाउने दम्पती पक्राउ

बुटवल । तुल्सीपुरमा केही समययता यौनधन्दा सञ्चालन गर्दै आएका एक होटल व्यसायी दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ ।  तुल्सीपुर नगरपालिका १४ घर पई  सोही नगरपालिका ५ न्युरोडस्थित न्यु फुलवारी होटल सञ्चालक थुमलाल चौधरी र उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गरेको हो ।युवतीहरुलाई ललाई फकाई र करकापमा समेत पारेर जबर्जस्ती यौनधन्दा चलाएको आरोपमा पक्राउ गरी कार्वाही चलाएको दाङ्गका प्रहरी प्रमुख एसपी वेल पाण्डेले जानकारी दिए । यौनधन्दाका लागि जबर्जस्ती गरिरहेको बेला त्यस होटलबाट एक महिलाले सुचना दिई छापा मार्दा दुई जना महिला रहेको र एकजना भागेको अर्की महिलालाई उद्धार गरिएको पाण्डेले बताए ।तुल्सीपुर ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी चौधरी दम्पत्तीलाई मानव वेचबिखन तथा ओसारपसार  ऐन २०६४ अन्तर्गतको कशुरमा मुद्धा चलाईएको प्रहरी प्रमुखको भनाई छ । उनका अनुसार ती दम्पत्तीले युवतीहरुलाई ललाई फकाई र प्रलोभनमा पारेर बाहिर पनि पठाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]