Radio Golden Live..

छाउगोठमा आगलागी, बाजुरामा दुई छोरासहित आमाको मृत्यु

कैलाली । बाजुरामा छाउगोठ आगलागी हुँदा तीन आमाछोराको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका ९ अंगपानी भुपेचौरमा आगलागी परी सोही ठाउँकी ३५ वर्षीया अम्बा बोहरा र उनका दुई छोरा सुरेश बोहरा ९ वर्ष र रमित बोहरा ७ वर्ष  को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धबसिंह भाटले आगलागी बारे  अनुन्धान भइरहेको बताए । बाजुराको कोल्टीबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।अम्बाका श्रीमान रोजगारीको सिसिलामा भारतमा रहको प्रहरीले जानकारी दिएको छ । जाडो बढेका कारण आगो बालेर सुतेको अवस्थामा आगलागीको हुनसक्ने प्रहरीको अनुमान छ ।बाजुरा सदरमुकामबाट करिब ८ घण्टाको पैदल दुरीमा घटनास्थल रहेको छ । हिउँ परेका कारण मोटरसाइकलसमेत चलाउन नसक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक भाटले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]