Radio Golden Live..

चीनद्वारा भारतको सिमाना नजिक अत्याधुनिक तोप तैनाथ

एजेन्सी । चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ ।   चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ गरेको हो । चीनको जनमुक्ति सेनाको स्थल फौजको वीच्याट एकाउन्टमा यससम्बन्धमा एक लेख जारी गरिएको छ । यो तोप सवारी साधनमा जोड्न मिल्ने भएकाले सजिलै एक ठाँउबाट अर्को स्थानमा सार्न सकिन्छ । सो स्थानमा योभन्दा पहिले हल्का युद्धक तोप तैनाथ गरिएको थियो । एक सैनिक विज्ञ सोङ झेङपिङका अनुसार होवित्जरमा ५२ क्यालिबरको तोप जडित हुन्छ । यसले ५० किमी टाढासम्म मार हान्न सक्छ । साथै यसले लेजर–निर्देशित र भू–उपग्रह निर्देशित मिसाइल झार्न सक्छ ।भारत र चीनबीचको सीमामा सन् २०१७ मा विवाद देखिएको थियो । महिनौंपछि तनावपूर्ण गतिरोध अन्त्य भएको भए पनि उक्त स्थानको विवाद भने समाधान भइसकेको छैन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]