Radio Golden Live..

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता

काठमाडौं ।  नयाँ दिल्लीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ। राइसेना डायलगमा सहभागी हुन भारत पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले दिउँसो भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता गरेका छन् । भेटमा नेपाल भारत मिलेर निर्माण गर्न लागिएका विभिन्‍न प्रोजेक्ट, आपसी सम्बन्ध र सहकार्यबारे कुराकानी भएको बताइएको छ।यस्तै नेपाल भारत संयुक्त पाँचौ बैठक काठमाडौंमा गर्ने सहमति समेत भएको भारतीय दूतावासले जानकारी दिएको छ।मन्त्री ज्ञवाली भोली स्वेदश फर्कने छ्न्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]