काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा हुन नसकेको भन्दै संस्थापन समूहका सात जना पदाधिकारीले राजीनामा दिएका छन्। पटक पटक म्याद थप्दा पनि अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा उपाध्यक्षहरु पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्। संगठनले विद्यार्थीको हितमा केही गर्न सकेन’, उपाध्यक्ष शाहीले भने, ‘यस्तो अवस्थामा किन संगठनमा बस्नेरु’ उनले अध्यक्ष महरले विभिन्न बहानामा महाधिवेशन टार्दै कार्यकाल लम्ब्याउन खोजेको आरोप लगाए। नेविसंघको माघ २ गते कार्यकाल सकिँदैछ। पार्टीको बैठक माघ १० गते मात्र बस्ने भएका कारण आठ दिन नेविसंघ नेतृत्वविहीन हुने भएको छ।