Radio Golden Live..

भारतीय कांग्रेसनिकट महिला संघको महासचिवमा तेस्रोलिंगी अप्सरा नियुक्त

 काठमाडौं । भारतीय कांग्रेस निकट अखिल भारत महिला कांग्रेसको महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी छन् । उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महासचिव पदमा नियुक्त गरेका छन् । महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिंगी हुन् । कांग्रेस प्रवेश गरेपछि उनले भनिन्, ‘म भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने छु । साथै महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन र उनीहरुको अधिकार रक्षाको लागि निरन्तर काम गरिरहने छु ।’ अप्सराको जन्म केटाको रुपमा भएको थियो । तर पछि उनले लिंग परिवर्तन गरिन् । उनले अष्ट्रेलिया र लण्डनमा पत्रकारिता पढेकी थिइन् । उनले अन्तर्राष्ट्रिय स्तरका धेरै मिडियाहरुमा पत्रकारको रुपमा काम गरिसकेकी छन् । सन् २०१६ मा भाजपामा सामेल भएको केही दिनमै उनले स्वतन्त्रता कुण्ठित भएको भन्दै पार्टी छाडिन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]