Radio Golden Live..

फाल्गुनन्द गोल्डकपको फाइनलमा आज आर्मी र झापा ११ भिड्ने

काठमाडौं ।   पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकप फुटबलको उपाधिका लागि झापा ११ र विभागीय टिम नेपाल आर्मी भिड्ने भएका छन्।  फिदिम माविको खेल मैदानमा सोमबार दिउँसो २ बजेपछि सुरु हुनेछ। सेमिफाइनलमा झापा ११ ले सरस्वती युथ र आर्मीले रोयल फुटबल क्लब दार्जिलिङलाई हराएर फाइनलमा भेट पक्का गरेका हुन्।  दुवै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरेका छन्। प्रतियोगिताको विजेताले नगद चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल दिइने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]