Radio Golden Live..

मन्त्री यादवबाट कुटिएका सचिव झा अस्पताल भर्ना

धनुषा  ।  प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका सचिव विद्यानाथ झा अस्पताल भर्ना  भएका छन् । कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् । मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ । शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र  हातको एक्सरे गरिएको सचिव झाले  बताए।  आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]