Radio Golden Live..

पर्यटन क्षेत्र विकासका कानुनी सुधार गर्न सभामुखको आग्रह

काठमाडौं ।   पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नीतिगत र कानुनी सुधार गर्न सरकारलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आग्रह गरेका छन्। सभामुख महराले पर्यटन व्यवसायीहरुलाई उत्साहित बनाएर मात्रै पर्यटन क्षेत्रको विकास गर्न सकिनेतर्फ पनि सरकारको  ध्यानाकर्षण गराए। आज  नेपाल टूर एण्ड ट्राभल एशोसिएशन, नेपाल ९नाटा०को ५२ औं वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सबैभन्दा बढी सम्भावना बोकेको नेपालको पर्यटन क्षेत्रको विकासका लागि पर्यटन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पनि स्मरण गराए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]