दीपिकासँग विवाह गरेपछि रणबीर सिंहले यी तीन कुरा गर्न पाउँदैनन्

दीपिका पादुकोण र रणबीर सिंहको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन । विवाहपछि पनि यी दुई कुनै न कुनै कारणले चर्चामा छाइरहन्छन् । हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएकी छिन् । साथै, रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् ।

यी तीन काम गर्न पाउँदैनन् रणबीर

उनले भने,  १.म खाना नखाई घर छोड्न पाउँदिनँ
२ . म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’
३. म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ ।
दीपिका रणवीरको विवाह सन् २०१८ को मुम्बईमा आयोजित भव्य विवाहमध्येको एक थियो । दुबैले इटलीको लेक कोमोमा विवाह गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]