Radio Golden Live..

डा. केसीको उपचारका लागि चिकित्सक टोली इलाममा

काठमाडौं । इलाममा अनसनरत डा। गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाईआज इलाम पठाइएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा। विकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा.अजय यादव मेडिसिन इमर्जेन्सी, डा। सविन भण्डारी एनएसथेसिस(आइसियू ), ल्याव टेक्निसियन दीपेन्द्र यादव र नर्स रचनासहितको विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मोबाइल भेण्टिलेटर, आइसियू सुविधासहित उक्त टोली इलामतर्फ गएको हो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]