Radio Golden Live..

भाजपा अध्यक्ष शाहअस्पतालमा भर्ना

 भारत । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको छ । उनलाई बुधबार राति ९ बजे उपचारका लागि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आफ्नो स्वास्थ्य अवस्थाबारे शाह आफैले ट्वीट गरेर जानकारी दिएका हुन् । उनले ट्वीटमा उल्लेख गरेका छन्, ‘मलाई स्वाइन फ्लु भएको छ, र यसको उपचार जारी छ । ईश्वरको कृपा र तपाईँ सबैको प्रेम तथा शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’ गृहमन्त्री राजनाथ सिंहले ट्वीट गरेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।  यस्तै अर्थमन्त्री अरुण जेटलीको स्वास्थ्यमा पनि समस्या छ । उनी अहिले उपचारका लागि अमेरिकामा छन् । कांग्रेस अध्यक्ष राहुल गान्धीले बुधबार ट्वीट गरेर जेटलीलाई स्वास्थ्य लाभको कामना गरेका थिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]