Radio Golden Live..

नेविसंघद्धारा सभापती देउवा निवासमा धर्ना

 काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले  धर्ना दिएका छन् । (नेविसंघ) को म्याद थपिएको विरोधमा उनीहरुले धर्ना दिएका हुन्  । मोटरसाइकल र्‍यालीसहित देउवा निवास बुढानीलकण्ठ पुगेर दर्जनौं नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् । नेविसंघको झण्डा बोकेका उनीहरुले ‘नेबिसंघ जिन्दावाद’को नारा लगाएका थिए । माइक्रो बससमेत रिजर्भ गरेर बुढानिलकण्ठ पुगेका उनीहरुले देउवा निवास अगाडि धर्ना दिएका छन् ।दर्जनौं संख्यामा नेविसंघ कार्यकर्ताहरु भेला भएपछि देउवा निवास वसरपर सुरक्षा तैनाथी बढाइएको छ । विधानअनुसार बुधबार राति १२ बजेपछि नेविसंघको म्याद थियो, तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटक पटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेविसंघका केही नेता कार्यकर्ताहरु विरोधमा छन् ।नेविसंघका उपाध्यक्षत्रय सञ्जय कुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामासमेत दिइसकेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]