काठमाडौं । अनशनरत डा. गोविन्द केसीको समर्थनमा डाक्टरले निकालेको र्यालीमा प्रहरीले हस्तक्षप गरेको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना माग नसमेटिएको तथा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै आज त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टरले डा. केसीको समर्थनमा निकालेको र्यालीमा प्रहरीले हस्तक्षप गरी १७ जनालाई पक्राउ गरेको छ । डा. केसी अनशनमा बसेको आज २४ औँ दिन हो । १६ औँ पटक अनशनमा रहेका डा। केसीले आफ्ना माग पूरा नभएको बताए पनि संसदको दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भइसकेको छ । कांग्रेसले पनि डा। केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।