Radio Golden Live..

पूर्वाञ्चलका टिपर व्यवसायी आन्दोलित

मोरङ । पूर्वाञ्चल टिपर व्यवसायी संघले सुरक्षाको माग गर्दै बिरोध प्रदर्शन गरेको छ । सोमबार मोरङको सुन्दरहरैचामा भएको सडक दुर्घटनामा सात टिपरमा आगजनी भएपछि व्यवसायीले चरणबद्ध रूपमा प्रदर्शन गर्दै आएका छन् । सोही क्रममा  आज विराटचौकको खोर्सानेबाट टिपर प्रदर्शन गरेकाछन् । सो टिपर प्रदर्शन विराटनगरको रोडषेश चौक हुँदै परिक्रमा गरेको संघका अध्यक्ष गोपाल कार्कीले बताएका छन् । सोमबार भएको दुर्घटनामा १० वर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमा मृत्यु भएको थियो । सोही क्रममा आक्रोशित भीडले सातवटा टिपरमा आगजनी गरेका थिए । संघका अनुसार आगजनीमा करिब ३ करोड रूपैयाँ बराबरको क्षति भएको छ । सडक दुर्घटनापछि घटना नियन्त्रणमा लिन प्रशासनले करिब १० घण्टा सो क्षेत्रमा निशेधाज्ञा जारी गर्नु परेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]