Radio Golden Live..

आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता नेपाल चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले पूर्वघोषित विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ । डा. गोविन्द केसीले शुक्रबार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । संघका महासचिव डा लोचन कार्कीले आज एक विज्ञप्ति जारी गर्दै  आफूहरुबाट भएको बिरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना मागेका छन् ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]