Radio Golden Live..

अमेरिकामा अत्याधिक चिसो, २१ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको संख्या २० नाघेको छ । अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा दशकौँ यताकै चिसोको कारण कम्तिमा २१ जनाको  मृत्यु भएको छ ।  अमेरिकाको कूल जनसंख्याको एक तिहाई अर्थात ९० मिलियन मानिस अहिले माइनस १७ डिग्री भन्दा कमको तापक्रम भएको क्षेत्रमा छन् । ध्रवीय क्षेत्रबाट चलेको चिसो शिरेटोका कारण समग्रमा २५० मिलियन अमेरिकी प्रभावित भएका छन् ।अस्पतालहरुमा चिसोका कारण बिरामी भएका वा अंगहरुमा क्षति पुगेकाको उपचार भइरहेको छ । यो सप्ताअन्तमा औषत तापक्रम बढ्ने अनुमान गरिएको छ । उनीहरुका लागि चिसोका कारण प्रभावित भएका सिकागो, ओहायोसहितका शहरमा न्यानो आवास बनाइएको छ ।तापक्रम माइनस ४६ डिग्री भन्दा माथि सम्म पुगेको छ केही क्षेत्रमा । केही व्यक्तिहरु घरबाट केही बाहिर निस्कने क्रममै ज्यान गुमाउन बाध्य भएका छन् । चिसोका कारण अधिकांश क्षेत्रमा हिउँ जमेको छ । अब बिस्तारै तापक्रम बढ्ने पूर्वानुमान छ । तर त्यसपछि बाढी आउने जोखिम हुने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]