Radio Golden Live..

नवलपुरमा गैंडाको आक्रमणबाट वृद्धको मृत्यु

कावासोती  ।  नवलपुरको मध्यविन्दुमा गैंडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका १२ तमासपुरका ८३ वर्षीय पदम बहादुर क्षेत्रीको गैंडाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख रमेश थापाले जानकारी दिए ।शुक्रबार दिउँसो भैंसी चराउन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नारायणी नदी किनारमा गएका क्षेत्री बेलुका अबेरसम्म पनि घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । खोजतलास गर्ने क्रममा मध्यविन्दुको करङघारी भन्ने स्थानको काँसघारीमा बेलुका ८ बजेतिर क्षेत्रीको शव फेला परेको थापाले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]